
नारी बाटिका
काठमाडौं,४ मंसिर ।
पानी पनि नखाई निराहार बसिने छठपर्वको ब्रतविधीलाई आज उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरिँदै छ । मिथिलाका समुदायहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पुजाको समापन गरिदै छ। छठ पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा आज शोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गर्दैछन् । छठका व्रतालुले आइतबार अपराह्न अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए ।
कार्तिक शुक्ल षष्ठीको अपराह्न छठका व्रतालुले अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। तर यसवर्ष तिथिको घटबढ रहेकाले सोमबार अष्टमी तिथि परेको छ। आइतबार बिहान षष्ठी तिथि परेको थियो भने बिहान ७ः५२ बजेदेखी सप्तमी तिथि लागेको थियो। सप्तमी तिथि आज सोमबार बिहान ५ः३९ बजेसम्म रहेको थियो।
छठपर्वमा प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन समापन गर्ने गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजाअर्चना गर्ने परम्परा छ। यस पर्वको विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ ।







प्रतिक्रिया दिनुहोस