आज: २०८३ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2026

स्थानीय तहको प्रयासमा मलेखु फुर्के खोलामा पन्टुन पुल (ब्रिज) बन्ने भयो

२०८३ कार्तिक १५, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१४ कात्तिक ।

धादिङ मलेखु फुर्केखोलामा अस्थाई रुपमा समस्या समधानका लागी पन्टुन पुल (ब्रिज)बन्ने भएको छ ।

गत भदौ १० को भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीले फुर्केखोलाको मोटरेवल पुल बगाएपछी धादिङ जिल्लाको जिल्ला सदरमुकाम र राष्ट्रीय राजमार्ग जोड्ने नेपालकै मुख्य पृथ्वी राजमार्ग जोड्ने माध्यमको सम्पर्क टुटेको थियो ।

त्रिशुली बाढीले पुल बगाएको विगत २ महिनाअघिदेखी देशको राजधानी,लगायका धादिङका ८ पालिकाबाट मलेखु फर्केखोला हुंदै बाहिरिने नागरिकहरु चरम मर्कामा पर्दै आएका थिए ।

विशेषगरी धादिङमा प्रदेश तहको जिल्ला अस्पताल भएपनि आवश्यक स्रोतसाधन र सम्वन्धित रोगको विशेषज्ञ तथा अस्पतालको कम क्षमता भएकोले जटिल रोग तथा अपरझट उपचारका बिरामीहरुलाई राजधानीको अस्पताल लैजानु पर्ने अवस्था आउँदा निकै समस्यामा परेका थिए ।

देशका मुख्य सहर राजधानी काठमाडौंलगायत राष्ट्रीय सडक संन्जालसंग जोड्ने मुख्य नाका नै फर्र्के खोलामा पुल नहुंदा आवागमनलाई पनि जोखिम बढेको अवस्था थियो ।

उक्त पुल निर्माणको लागी धादिङका सबै नागरिकहरुले धेरै पटक हाल सरकारमा रहेका धादिङ क्षेत्र नं.२ का रास्वपाबाट निर्वाचित संघीय सांसद बोधनाराण श्रेष्ठ,धादिङ निर्वाचन क्षेत्र नं. १ की संघीय साँसद् आशीका तामाङलाई अनुरोध गरेको भएपनि  यस पुल निर्माणमा उनीहरुको कुनै चासो नदेखाएपछी आक्रोसित भएका धादिङगे नागरिकले स्थानीय सरकारलाई गुहारेका हुन् ।

सोही अनुसार स्थानीय सरकारको तर्फबाट निलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रसाद ढुंगाना र धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको प्रयासमा पन्टुन (ब्रिज) पुल भन्नाले पानीमा तैरिने खालको अस्थायी पुल निर्माण गरी तत्काललाई समस्या समाधान गर्नमा अग्रसर भुमिका खेल्नु भएको हो।

​यस पुलको बारेमा मुख्य बुँदाहरु

​ यसमा पानीको सतहमा ड्रम, डुङ्गा, पीपा वा फोम भरिएका विशेष खालका ठूला भागहरू (पन्टुनहरू) लाइन मिलाएर राखिन्छन् । ती तैरिने वस्तुहरूको माथि बलियो फलाम वा काठका पाटीहरू राखेर मानिस र सवारीसाधन आवतजावत गर्ने बाटो बनाउन सकिने भएकोले स्थानीय तह निलकण्ठ नगरपालिकाका मेयर ढुंगाना र ज्वालामुखी गाउँपालिकाका अध्यक्ष दनैको यस प्रयासलालाई धादिङका नागरिकले विशेष खुशी व्यक्त गरेका छन् ।

बाढी वा अन्य कारणले स्थायी पुल भत्किएका खोला नदीहरुमा तत्कालको समस्या समाधान गराउन तर्ने छोटो उपाय हो साथै कुनै विशेष मेला,महोत्सव र सैन्य अभ्यासका बेला नदी वा खोला पार गर्न यस्ता पुलहरू अस्थायी रूपमा तुरुन्तै जडान गर्ने गरिन्छन् ।

यस पुलको मुख्य ​विशेषता भनेको पानीको सतह तलमाथि हुँदा यो पुल पनि सँगै तलमाथि हुन्छ । यसलाई आवश्यक पर्दा सजिलै झिक्न र अर्को ठाउँमा सार्न पनि सकिने हुनाले यो साधन अस्थाई समस्या समाधानका लागी उपयुक्त देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑