आज:  | Sat, 27, Jul, 2024

पोखराको युनिक होटलमा अचेत अबस्थामा भेटिएकी एक महिलाको मृत्यु

६ मंसिर २०८०, बुधबार १४:५९ मा प्रकाशित ( ८ महिना अघि) २७२ पाठक संख्या
नारी बाटिका


पोखरा,६ मंसिर ।

वुधबार पोखराको होटलमा अचेत अबस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको जनाइएको छ ।

तनहुँ भिमाद घर भएकी ३८ वर्षीया सुकु विकको पोखरा नागढुंगामा संन्चालित युनिक होटलमा हिंजो साँझ करिब ७ बजे तिर अचेत अवस्थामा फेला परेकी हुन् ।

कास्की प्रहरीका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आई रहेकी सुकु विकको युनिक होटलबाट अचेत अवस्थामा उद्धार गरिएको थियो ।

निज विकलाई पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । साथै उपचारकै क्रममा हिंजै साँझ करिब साढे आधाघण्टा पछी उनको मृत्यु भएको हो । उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस