आज:  | Sat, 04, May, 2024

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा धादिङबेसीमा प्रभातफेरी

९ मंसिर २०८०, शनिबार १७:२४ मा प्रकाशित ( ५ महिना अघि) ६५४ पाठक संख्या
नारी बाटिका


धादिङ,९ मंसिर

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा आज धादिङबेसीमा प्रभातफेरी गरिएको छ । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँने लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन नीलकण्ठ नगरपालिका तथा लैंगिक हिंसा मुल समितीको संयोजत्वमा धादिङमा क्रियाशिल गैह्रसरकारी संस्था जिल्ला शाखा धादिङ,नारी जागरण केन्द्र धादिङ,फोकस नेपाल,आईसीडिसी धादिङ,एक्सन नेपाल,प्रयास नेपाल लगायतको सक्रिय सहभागीता रहेको थियो ।

त्यसैगरी प्रभातफेरी र्यालीमा जिल्ला प्रहरी कार्यलय अन्तर्रगतका महिला बालबालिका तथा जेष्ठनागरिक लैंगिक हिंसा जिल्ला संन्जालका महिला प्रहरीहरु, धादिङमा क्रियाशिल सहकारीहरुमा नारी बिकास सहकारी संस्था धादिङ,निलकण्ठ सहकारी संस्था धादिङ,शिवज्वोती महिला सहकारी,सहारा महिला सहकारी,ज्योती महिला सहकारी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका आजदेखी १६ दिने अभियानको रुपमा सुरु भएको हो ।

यस वर्षको राष्ट्रिय नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानी ऐक्यबद्धता,भन्ने रहेको छ । नीलकण्ठ नगरपालिकाको आयोजना र सरकारी तथा गैर सरकारी संघ संस्थाको सहकार्यमा १६ दिने अभियान अन्तर्रगत रहेर विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने जिल्ला मुल समितीले निर्णय गरेको छ । कार्यक्रमको पहिलो दिन आज प्रभातफेरी गरियो भने यस अभियानको दोस्रो दिन भोलीबाट धादिङका क्रियाशिल गैह्रसरकारी संस्थाहरुले प्रत्येक दिन फरक फरक कार्यक्रम गरी मनाईने तए गरिएको छ ।

नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल,प्रहरी प्रमुख गौतम मिश्र, नगरपालिका जनप्रतिनिधी महिला सदस्यहरु लगायतका सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पुछारबजार देखी सुरु भएको प्रभातफेरी सिरानबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,नगरपालिका सामाजिक शाखा प्रमुख,नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोम सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%२%१%

प्रतिक्रिया दिनुहोस