आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

अदालतको पक्राउ पुर्जीको विरोधमा विप्लव समुहले संघर्ष घोषणा

२०८० मंसिर १९, मंगलबार मा प्रकाशित ( २ साल अघि) १०२९१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १९ मंसिर ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको आदेश भएपछी सोको विरोधमा विप्लव समुहले संघर्ष घोषणा गरेका छन् ।

अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको घोषणा गरेको हो।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गर्नु भएको थियो।

विज्ञप्तिमा पक्राउ पुर्जी गरिनु गैरकानूनी भएको,अराजक र विध्वंसात्मक कार्य भएको जनाइएको छ।

आज मंगलबार यसको विरुद्धमा मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने जनाइएको छ।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार महासचिव विप्लव सहित नेताहरू खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस