आज:  | Fri, 03, May, 2024

लैंगिक हिंसा बिरुद्धको अभियानको आज १२ औं दिन धादिङ स्तिथ सितलबजार महिला समुहमा अभिमुखीकरण कार्यक्रम

२० मंसिर २०८०, बुधबार १७:४८ मा प्रकाशित ( ४ महिना अघि) ६०५ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

धादिङ  २०  मंसिर ।

नारी जागरण केन्द्र धादिङले आज समुदाय स्तरीय कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसा बिरुद्धको अभियानको पहिलो दिन अर्थात मंसिर ९ देखी नै सचेतामुलक कार्यक्रम गर्दै आईरहेको नारी जागरण केन्द्रले आज १२ औं दिनको निलकण्ठ नगरपालिका धादिङवेशीको सितलबजार स्तिथ सितलबजार महिला समुहमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।

वुधबार केन्द्रको आयोजना तथा जिल्ला प्रहरी कार्यलयको सहयोगमा आयोजित निलकण्ठ नगरपालिका ३ सितलबजारका महिला समुहको ब्यवस्थापनमा कार्यक्रम गरिएकोृ हो ।
हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाईने १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको आज १२ औं दिन सितलबजार महिला समुह तथा समुदायका परिवालाई सहभागी गराई सचेतनामुलक कार्यक्रम गरिएको हो ।

नारी बिकास सहकारी संस्थाको विशेष ब्यवस्थापनामा भएको अभिमुखीकरण कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले समाजमा हुने लैंगिक हिंसा के हो यसको निराकरण कसरी गर्न सकिन्छ, हिसा भयो भने न्यायको लागी कहाँ सम्पर्क राख्ने ? सामाजिक संन्जालको दुरुपयोग गरी अपराधिक मनोवृर्ती भएकाहरुले समाजमा कस्ता कस्ता हिंसाका घडनाहरु घट्न सक्छन् ? भन्ने विषय वस्तुमा सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै सामाजिक संन्जालमा आउने नकारात्मक विषयहरुमा ध्यान नदिने र यदी कोही कसैबाट आफु हिंसामा पर्न लागेको शंका लाग्न साथै १०० नं।मा फोन गर्ने तथा प्रहरीमा जानकारी गराउने जस्ता विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । पछिल्लो समयमा कुनै पनि वहानाबाट महिला बालबालिकामा हुने हिंसाका प्रभावबाट बच्नको लागी संयुक्त रुपमा आयोजित कार्यक्रममा समुहका अध्यक्ष टिकालक्ष्मी श्रेष्ठ,सचिब सिता श्रेष्ठ,रमा रिजाल,राधिका रिजाल सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी समुदायका व्यक्तिहरु,नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाका कर्मचारीहरु लगायतका ५५ जनाको सहभागिता रहेको थियो । यस सचेतनामुल कार्यक्रमले हाम्रो समाजमा हिंसामा परेका प्रभावितहरुका लागी कानुनी उपचारमा गई न्याय पाउन सहज हुने । साथै घर परिवारमा हुने गरेका घरेलु हिंसा तथा लैंगिक हिंसाका घटनामा पनि कमी आउने सहभागीहरुले बताएका छन् ।

समय समयमा सामाजिक ज्ञान तथा समाज हुने लैंगिक हिंसा,घरेलु हिंसा, साईवर क्राईम बिरुद्धको चेतनामुलक सवालमा समुह,सहकारी, बालबालिकामा ज्ञान दिन सके घर तथा समाजमा हुने अपराधिक गतिविधीबाट महिला तथा बालबालिकाहरु सजग रहन सक्ने भएकोले यस्ता विषय हुने महत्वपुर्ण रहेको बताएका छन् ।

लैंगिक हिंसा बिरुद्धको अभियानबाट घर,परिवार तथा समुदायमा सचेतना जगाउने उदेस्यका साथ केन्द्रले पाँच चरणमा कार्यक्रम आयोजना गरिएको छ ।यसैगरी जिल्ला प्रहरी कार्यलयको सयुक्त आयोजनामा यसै अभियानकै क्रममा केन्द्रले मंसिर १५ दामगाडे स्थित नमुना महिला समुहको व्यवस्थापनमा एकदिने अभिमुखीकरण कार्यक्रम ,म.सिर १७ गते निलकण्ठ नगरपालिका बालमन्दिर आधारभुत विद्यालयमा सम्पन्न गरी सकेको छ ।

,नारी बिकास सहकारी संस्था धादिङ र नारी वाटिका डट् कम अनलाईन खबर को सहकार्यमा पाँच चरणको कार्यक्रमको आयोजना गरिएको केन्द्रले जानकारी गराएको छ ।

जस अनुसार मंसिर १५ मा निलकण्ठ १२ दामगाडे महिला समुहमा, मंसिर १७ गते आईतबार बालमन्दिर आधारभुत विद्यालयमा,मंसिर २०गते सितलबजार स्थित सितलबजार महिला समुहमा, मंसिर २१ गते निलकण्ठ नगरपालिका १२ पशुपती महिला समुह र मंसिर २५ गते निलकण्ठ ८ मुरलीभन्ज्याङ अमरेमा सचेतनामुलक कार्यक्रम गरिने भएको केन्द्रका कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी भगवती उप्रेती विवियुले जानकारी दिनु भयो ।

केन्द्रले समाजमा हुने लैंगिक हिंसा अन्त्य गर्नको लागी जिल्लाका गाउँपालिका , नगरपालिकाहरुमा महिला समुह र महिला सहकारी संस्था निर्माण गरी विगत २५ वर्षदेखी काम गर्दै आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस