आज:  | Thu, 02, May, 2024

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

२३ मंसिर २०८०, शनिबार ०८:४१ मा प्रकाशित ( ४ महिना अघि) १९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ मंसिर ।

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । यसै दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष मंसिर २३ अर्थात अग्रेजी मिती अनुसार डिसेम्वर ९ तारिकका दिनलाई विश्वब्यापी रुपमा मनाईने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।

हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको थियो ।

तर मुलुकमा हुने भ्रष्टचार निर्मुल गर्नकै लागी सचेतना जगाउनका लागी यो दिवस मनाई रहँदा नेपालमा भ्रष्टचारले झन् झन् जरो गाडी रहेको छ । त्यसैले भ्रष्टचार बिरुद्धको दिवस भने औपचारिकताको रुपमा मात्रै मनाइृने गरिएको छ भन्ने गर्दछन् समाजका वौदिक व्यक्तित्वहरु । केद्रिय तहदेखी स्थानिय तहसम्मका कर्मचारी तथा जनप्रतिधिको संलग्नतामा भ्रष्चारको सेटिङ हुने गरेको छ ।

पछिल्लो समयमा उपभोक्ता हरुमा समेत भ्रष्ट्राचार हुने गरेको देखिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस