आज: २०८३ श्रावण २, शनिबार | Sat, 18, Jul, 2026

डडेल्धुरामा बोलेरो दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

२०८३ श्रावण २, शनिबार मा प्रकाशित ( १ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
डडेल्धुरा -२ साउन ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा भएको बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु भएको छ ।

गएराति धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु(प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुंदा दुइको मृत्यु भएको हो भने जीपका चालकसहित ३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी वर्षका २८ का हनु लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस