आज:  | Fri, 03, May, 2024

आज नारी जागरण केन्द्र धादिङदरा कानुनी सचेतना तथा लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न

२९ मंसिर २०८०, शुक्रबार १९:०९ मा प्रकाशित ( ४ महिना अघि) ४४२ पाठक संख्या
नारी बाटिका


साथमा तस्वीर हेरौं

धादिङ २०८० मंसिर २९

आज नारी जागरण केन्द्र धादिङदरा समुदाय स्तरमा कानुनी सचेतना तथा लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । विगत वर्षको तुलनामा जिल्लामा यस वर्ष लैंगिक हिंसाका घटनाहरु बिरुद्धमा जिल्ला प्रहरी कार्यलयमा उजुरी (निवेदन ) दर्ताको हिसाबले कमी देखिएता पनि पछिल्लो समयमा हुने हिंसाको स्वरुप परिवर्तन भएको पाईएकोले यस बिरुद्धमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

केन्द्रले यस वर्ष मंसिर ९ देखी २४ सम्म जिल्लास्तरीय रुपमा मनाईएको १६ दिने लैंगिक हिसा बिरुद्धको अभियानमा जिल्लाको विभिन्न पालिकाको वडाहरु, ग्रामिण भेगका महिला समुहहरु,विद्यालयमा विशेष गरी किश्वर किश्वरीहरुमा ६ चरणमा सचेतनामुलक कार्यक्रम गरेको थियो । तर समुदायको भौगोलिक अबस्था,बस्ती,रहन,शहन,रिती रिवाज,जातजाती फरक फरक सामाजिक प्रचलन रहेकोले शहर बजार तथा एक दुई ठाउँमा कार्यक्रम गर्दै लैंगिक हिंसा घट्न नसक्ने अबस्था देखिन्छ ।

यसै कारणले पनि केन्द्रले नारी बिकास सहकारी संस्थासंग सहकार्य गरी घरेलु हिंसा तथा लैंगिक हिंसा विरुद्धको अभियानलाई निरन्तरता दिएको हो । केन्द्रले सुक्रबार निलकण्ठ नगरपालिकाको वडा नं. ८ अमेरुवामा कार्यक्रम गरेको छ ।

समय समयमा परिवर्तित राज्यको कानुनका बारेमा महिला हरुमा सचेतना जगाउने खालका अभिमुखीकरण कार्यक्रम संन्चालन गर्नाले जनस्तरमा सचेतना जगाई हिंसा न्युनिकरण गर्नको निमित्त यस्ता अभियानले निकै महोत्वपुर्ण भुमिका रहेको पाईन्छ तर यतिवेला देशका कुनैपनि गैह्र सरकारी संघसस्था ले नेपालको ग्रामिण भेग विगटमा जहाँ सरकार पुग्न नसकेको समुदाय स्तरमा आर्थिक,सामाजिक,भौतिक बिकासमा काम गरिरहेका भएता पनि सरकारद्धारा उचित मुल्याङकन नगरिदा बिकासका साँझेदार संस्थाहरु ओझेलमा परेका छन् ।

हाम्रो समाजमा बिद्यमान रहेको लैङ्गिक हिम्साललाई न्यनिकरण गर्न बिगतमा गरिएका प्रतिबद्धतालाई समिक्षा गर्ने अबस्था भएकोले आफ्नो घर,कार्यालय,संघ संस्था तथा आ आफ्नो स्थान बाट समिक्षा गर्दै हिंसा गर्ने र गराउने पिडकहरुलाई राज्यले बनाएका समन्त्रले कडा रुपमा सजायँ दिलाउन कानुनले सार्थकता दिुनपर्ने देखिन्छ ।

२५ वर्षदेखी यसै क्षेत्रमा काम गर्दै आईरहेको नारी जागरण केन्द्र्रले नारी बिकास महिला सहकारी र नारी बाटिका डट्कम ,अनलाईन खवर मिढियाको सहयोगमा सयुक्त रुपमा समुदायका महिला समुह विषेश गरी हिसा प्रभावित क्षेत्रलाई सहभागी गराई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा केन्द्रकी कार्यकारी निर्देशक एवं महिला अधिकारकर्मी भगवती उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।त्यसैगरी उक्त अभिमुखीकरणमा केन्द्रका सदस्यहरु,नारी बिकास सहकारीका सचिब प्रमिला घिमिरे,कोषाध्यक्ष एलिना राई गुरुङ,कार्यसमिती सदस्य सानुमायाँ थापा,कर्मचारी अन्जली गुरुङ,निलकण्ठ ८ का समुदायका महिलाहरु,जेष्ठनागरिक,किश्वरीहरु गरी ४५ जनाको सहभागिता रहेको थियो ।

महिला अधिकारकर्मी भगवती उप्रेतीले सहजीकरण गर्नु भएको अभिमुखीकरण कार्यक्रममा नारी बिकास सहकारी संस्थाका सचिब प्रमिला घिमिरेले संन्चालन गर्नु भएको थियो भने समितीका सदस्य सरिता श्रेष्ठ,सुशिला श्रेष्ठ र सपना श्रेष्ठको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस