
नारी बाटिका

भगवती बिबियु
नारी बाटिका संवाददाता
धादिङ ४ पुस ।
निलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुलाई सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना (ReAL Plan)सम्वन्धि अभिमुखिकरण गरिएको छ ।
मंगलबार धादिङवसीमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रधानाध्यापक बैठक पनि सम्पन्न गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा बालबालिकाहरुलइ किताबी शिक्षाको ज्ञानसंगसंगै प्राक्टिकल शिक्षा क्षेत्र सुधार गर्नको लागि पनि सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना सम्बन्धि बैठक समेत बसिएको नगर शिक्षा समितीले जनाएको छ ।
नगर प्रमुख भिम प्रशाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा निलकण्ठ नगरपालिकाभित्रका ८२ बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नगर भित्रका शिक्षकसङ्ग सुझाब समेत माग्नु भएको छ।
शिक्षा क्षेत्र सुधारको लागि के के योजनाहरु चाहिने हो ? बुदागत रुपमा नगरपालिकामा पेश गर्नको लागि पनि आग्रह गर्नु भयो।
नगरपालिकाले शिक्षा क्षेत्रमा सबैभन्दा बढी रकम बिनियोजन गरेको भन्दै शैक्षिक सुधारको लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो।








प्रतिक्रिया दिनुहोस