
नारी वाटिका संवाददाता
तनहुँ- १६ फागुन ।
तनहुँको दमौलीमा कुलमानका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले रास्वपा सभापति रवि लामिछानेलाई कालो झण्डा देखाएका छन्।
रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई उनीहरूविरुद्धमा विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्।
कुलमानको पार्टी उज्यालो नेपालका कार्यकर्ताले विरोध प्रदर्शन गरी रवि र स्वर्णिम वाग्लेलाई कालो झण्डा देखाएपछी उनीलाई प्रहरीले छेकेर सरासर दमौलीमा रास्वपाको कार्यक्रमस्थल तर्फ लगेको थियो ।
सुक्रबार लामिछाने चुनावी सभामा संवोधन गर्नका लागि दमौली पुगेका थिए।












प्रतिक्रिया दिनुहोस