
धादिङ -८ माघ । बिबियु
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएको छ । परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
परिक्षाको तालिका अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ भने चैत २० मा अनिवार्य नेपाली, २२ मा अनिवार्य गणित, २३ मा विज्ञान तथा प्रविधि, २४ मा सामाजिक अध्ययन, २५ मा ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ मा ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
साथै परिक्षा बोर्डकाका अनुसार चैत २७, २८ र २९ मा भने प्राविधिक धारका बाँकी सबै विषयका परीक्षा हुने भएको छ। गत वर्ष चैतको ७ गतेदेखि परीक्षा सञ्चालन भएकोमा यसवर्ष भने प्रतिनिधिसभाको निर्वाचन हुने भएको कारण एसईई परीक्षा तालिका१२ दिन पछि सारिएको हो। 












प्रतिक्रिया दिनुहोस