
नारी बाटिका
घादिड ४ मंसिर ।
बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद्को बैठकले १६६९ जना (प्राबिधीक) सहितको कर्मचारीहरूको संगठन संरचना स्विकृत गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा हाल संचालनमा रहेका प्रदेश अस्पतालहरूको स्तरउन्ती गर्ने निर्णय गरेको छ ।
जस अनुसार निम्न जिल्लाका अस्पतालहरुमा निम्न संख्यामा बेड थप गरिएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
१, घादिड अस्पताल (धादिडबेशी)मा १०० बेड
२, त्रिशुली अस्पताल (नुवाकोट)मा १०० बेड
३,हेटौडा अस्पताल ९ मकवानपुर)मा ३०० बेड्
४, सिन्धुली अस्पताल (सिन्धुली)मा १०० बेड
५, भक्तपुर अस्पताल (भक्तपुर) मा ३०० बेड
६, बकुलर अस्पताल (चितवन मा ( १०० बेड
७, सिन्धुपाल्चोक अस्पताल (सिन्धुपाल्चोक मा ५० बेड
८, रामेछाप अस्पताल (रामेछाप मा ५० बेड
९, पशुपति चौलागाई अस्पताल (दोलखा) मा ५० बेड
१०, मेथिनकोट अस्पताल ( काभ्रे)मा ५० बेड
बागमती प्रदेश सरकारले गरेको यस निर्णयले सम्वन्धित जिल्लाका नागरिकहरुमा स्वास्थ्य सेवामा थप सहयोग पुग्ने देखिएको छ ।







प्रतिक्रिया दिनुहोस