आज:  | Mon, 29, Apr, 2024

मन्त्री किरातीले नेपालको सनातन धर्मलाई अनादर गर्दै दिएको अभिव्यक्ति प्रति तत्काल बर्खास्त गर्न नागरिकको माग

५ पुष २०८०, बिहीबार १८:५१ मा प्रकाशित ( ४ महिना अघि) ३०५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ पुस ।

अभिव्यक्ति प्रति बिवादमा परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बिरुद्धमा बिहिबार नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेका छन्। बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गर्दै नागरिकले उनको राजीनामाको माग गरेका हुन् ।

नागरिकले गरेका विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका लेखिएका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

हिजो मन्त्री किरातीले नेपालको सनातन धर्मलाई अनादर गर्दै एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

सार्बजनिक रुपमा नै उनले दिएको अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किरातीको देशभर चौतर्फी रुपमा विरोध भइरहेको छ। विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जनताको नुनपानी खाएर देशको जिम्मेवार बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गइ आफुनै देशको मुल धर्र्म संस्कृतीलाई अनादर गरी नेपालकै समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत तथा निन्दनीय भएको बताए।

पुरुषले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे। मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको भनाइ छ। ‘देशको बहालवाला मन्त्रीले एउटा कुनै समुदायमा गएर समग्र अरु समुदायलाई निन्दा गरी एउटा समुदायलाई उचालेर आफुनो देशको मुल धर्मलाई कलिचएर जुन अपमानजनक अभिव्यक्ति दिनुभयो, उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर बिरोध गरेका हौँ।

जुन संस्कार र संस्कृतीले क्रिश्चियनलाई स्वीकार्दैन, उनीहरु सबै जेल जान योग्य छन्, संविधान विरोधी हुन् भनेर जे बोल्नु भयो, नेपालमा सबै क्रिश्चियन विरोधी त छैनन्, क्रिश्चियन नबन्ने जति देशद्रोही हुन् भन्ने कुरा के बुझेर भन्नु भयो ः सामाजिक सद्भाव बिगार्ने काम गर्नु भयो।ु

उनले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइन छुट नभएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले बुधबार मात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो। यतिबेला किरातीले गरेका उक्त नियुक्ति समेत चर्को रुपमा विवादित बनेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%४%

प्रतिक्रिया दिनुहोस