आज:  | Sat, 18, May, 2024

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा,अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन बन्द गर्‍यो

७ पुष २०८०, शनिबार ०६:०६ मा प्रकाशित ( ४ महिना अघि) २४२ पाठक संख्या
नारी बाटिका


फाईल तस्वीर

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा लिएको छ । अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खातालाई बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ।

यसैगरी चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ। सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन कारबाही गरिएको बताएको छ ।

चिनमा प्रहरी,महामारी, खतरा र प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्ने जस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको हो। साथै हालसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अफवाहका घटनामा अनुसन्धानबाट पुष्टि भएको भन्दै अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कारबाही गरेको हो।

यसैगरी ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ। यसैबीच सीसीटीभीले अप्रिलमा क्लिन नेट अभियान शुरु भएदेखि प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ।

यसैबिच प्रहरीले सन् २०२४ लाई अनलाइन अफवाह विरुद्ध लड्न विशेष कार्यको वर्ष तोकेको र सोही अनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस