आज: २०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

नेपालको समग्र शान्ति अवस्थाको सूचकांकमा ९.१ प्रतिशतले गिरावट आयो

२०८३ मंसिर १३, आईतबार मा प्रकाशित ( २८ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ मंसिर ।

विश्व शान्ति सूचकांक (Global Peace Index–GPI)  मा नेपालको अवस्था झन् खस्किएको छ। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस (IEP)  ले जुन २०२६ मा सार्वजनिक गरेको तथ्याङक अनुसार नेपाल १६३ देशमध्ये शान्तिको अवस्था खस्किएर १११औँ स्थानमा पुगेको हो।

इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पीस ९क्ष्भ्ए०को प्रतिवेदन अनुसार नेपालको शान्ति सूचकांक स्कोर २.१४३ रहेको छ। जीपी आईमा स्कोर बढ्नुले सम्बन्धित देशमा शान्तिको अवस्था कमजोर हुँदै गएको संकेत गरेको हुन्छ ।

अघिल्लो वर्षको तुलनामा यस २०२६ मा नेपालको वरीयता २६ स्थानले कमजोर बनेको हो। सन् २००८ भन्दा यताकै नेपालको यो सबैभन्दा कमजोर अवस्थामा झरेको प्रतिवेदनले देखाएको छ। हाल नेपालको समग्र शान्ति अवस्थाको सूचकांकमा ९.१ प्रतिशतले गिरावट आएको हो।

उक्त प्रतिवेदनमा गत वर्ष नेपालमा भएको जेनजीका नाउको आन्दोलनमा राज्यका सम्रचनाहरु जलाउनुका साथै जन जिवन अस्तवेस्त,राजनीतिक अस्थिरता, सामाजिक तनाव, कमजोर सुशासन तथा सार्वजनिक सुरक्षासम्बन्धी चुनौतीलाई नेपालको शान्ति अवस्थामा गिरावट आउनुको प्रमुख कारण रहेको उल्लेख छ।

विश्वका १६३ देशलाई समेटेर तयार पारिएको प्रतिवेदनमा आइसल्यान्ड लगातार १९औँ वर्ष विश्वकै सबैभन्दा शान्त मुलुक बनेको छ। त्यस्तै रुस सूचीको अन्तिम स्थानमा परेको छ।

पछिल्लो समयमा नेपालको शान्ति अवस्थामा आएको गिरावटले मुलुकमा राजनीतिक स्थिरता, सुशासन कायम हुन नसक्नु जस्ता कारण रहेकोले सामाजिक सद्भाव प्रवर्द्धन गर्न र नागरिक सुरक्षालाई प्रभावकारी बनाउने आवश्यकता औंल्याएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑