आज: २०८३ मंसिर ११, शुक्रबार | Fri, 27, Nov, 2026

साउदीको तेल प्रशोधन केन्द्र (रिफाइनरी)मा आक्रमण,एक नेपालीको मृत्यु

२०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित ( ५ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
११ मंसिर ।

साउदी अरबको जाजान सहरस्थित एक तेल प्रशोधन केन्द्र (रिफाइनरी)मा काम गर्ने एक नेपाली कामदारको मृत्यु भएको छ भने घटनामा कैयौँ व्यक्तिहरु घाइते भएका छन्। उक्त तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्पनीमा हवाई प्रक्षेपास्त्र (एरियल प्रोजेक्टाइल) प्रहार हुँदा एकजना नेपाली कामदारको मृत्यु भएको र घटनामा थुप्रै श्रमिकहरु घाइते भएको साउदी सरकारको ऊर्जा मन्त्रालयले जनाएको हो ।

साउदी अरबको लाल सागर (रेड सी) तटमा अवस्थित उक्त संरचनामा बिहीबार भएको आक्रमणमा आगलागी भएपछी सञ्चालन भैइरहेका कार्यहरूसमेत केही समयका लागी अवरुद्ध भएको बताइएको छ।

मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गर्दै आक्रमण कसले र किन गरेको भन्ने खुलाइएको छैन, तर यसअघि पनि यमनका हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी सरकारको सैन्य गठबन्धनले इरान समर्थित उक्त समूहले नै रिफाइनरीमा आक्रमण गरेको हुन सक्ने साउदी नागरिक सुरक्षा निकायले जाजान प्रान्तमा सम्भावित खतरा रहेको भन्दै चेतावनी जारी गरेलगत्तै यो आक्रमण भएको हो।

दुई पक्षबीच बढ्दो शत्रुताका माझ हुथी विद्रोहीहरूले साउदी अरबको सबैभन्दा ठुलो रिफाइनरी तथा प्रमुख कच्चा तेल निर्यात केन्द्र रास तनुराका साथै लाल सागरका जेद्दाह र जाजान बन्दरगाहहरूमा आक्रमण गरेको दाबी गरेको एक दिनपछि साउदीका महत्त्वपूर्ण संरचनामाथि यो पछिल्लो प्रहार भएको हो।

साउदी ऊर्जा मन्त्रालयले मृत्यु हुने कामदार नेपाली नागरिक रहेको र घाइतेहरू विभिन्न देशका नागरिक रहेको जनाएको छ।

घाइतेहरूको उपचार भइरहेको जनाएको छ । आक्रमणपछि भएको क्षतिको मूल्याङ्कन गर्न र संरचनाहरूको सुरक्षाको लागी आपत्कालीन कर्मचारी तथा विशेष प्राविधिक टोलीहरू घटनास्थलमा पुगेको छ।

यमनको सिमाना नजिकै दक्षिण(पश्चिमी साउदी अरबमा संन्चालित उक्त रिफाइनरी प्रतिदिन ४ लाख ब्यारेलसम्म कच्चा तेल प्रशोधन गर्ने क्षमता भएको कम्पनी हो।

हुथी विद्रोहीविरुद्धको लडाइँमा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गरिरहेको साउदी नेतृत्वको गठबन्धनले उक्त आक्रमणको निन्दा गर्दै प्रत्याक्रमण गर्ने समेत चेतावनी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑