आज:  | Mon, 29, Apr, 2024

आज नेवार समुदायको यःमरी पूर्णिमा हो भने किराँत समुदायमा उधौलीको मनाईदै

१० पुष २०८०, मंगलवार १४:१५ मा प्रकाशित ( ४ महिना अघि) २८५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० पुस ।

आाज नेवार समुदायको यःमरी पूर्णिमा हो भने यस पुर्णिमामा नेवार समुदायले यमरी परिकार बनायर खाने प्रचलन छ । यसैगरी आजैका दिन किराँत समुदायमा उधौली पर्व समेत रहेकोले पर्व पनि पनि मनाईदै छ । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो ।

यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानको चामल बाट बनेको पिठोमा चाकु, खुवा र तिल राखेर योमरी बनाउने गरिन्छ । यो पर्वलाई नेवार समुदायले नव अन्नप्राशनका रूपमा मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगले बताउनु भयो ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मी लगायतका देवी देवताको पूजा अर्चना गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा रही आएको छ ।

यसैगरी आजैको तिथीमा धान राखिएको भकारी, ढुकुटी, घ्याम्पो लगायतका धान राख्ने भाँडामा नयाँ चामलको पीठोबाट योमरी बनाएर पाथीभरि योमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रिय ज्यापु दिवस पनि आजैका दिन विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस