आज:  | Sun, 05, May, 2024

दक्षिण कोरियामा काम गर्न गएका एक हप्तामा ४ नेपाली कामदारको मृत्यु

११ पुष २०८०, बुधबार ०७:५३ मा प्रकाशित ( ४ महिना अघि) २५२ पाठक संख्या
नारी बाटिका


११ पुस २०८०

दक्षिण कोरियामा काम गर्न गएका एक हप्तामा ४ नेपाली कामदारको मृत्यु भएको छ । नेपालबाट विभिन्न भिसामा कोरिया गएका एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको हो उनिहरु विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो ।

४ नेपाली मध्य गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार मृत्यु भएको हो ।त्यसैगरी छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो ।

यस्तै स्याङ्बाको छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा दुर्घटनामा परी शुक्रबार मृत्यु भएको र बिरामी परेका मगरको उपचारको क्रममा मृत्यु भएको हो । मगर दक्षिण कोरियाको थेगु क्षेत्रमा काम गर्दै आएका थिए ।

राई सोलुखुम्बु सेवा समाजका पूर्वउपाध्यक्ष समेत थिए । सोलुखुम्बु समाजका अध्यक्ष राजु राईले रन्जनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको र मृतकको परिवारसँग सम्पर्क भइसकेको नेपालका समचार माध्यमलाई जानकारी गराएका छन् ।

स्याङ्बा भने पहिलो पाँच वर्ष सकाएर दोस्रो पटक कामदारको रुपमा कोरिया गएकी थिइन् । त्यहाँ कार्यरत नेपाली संघसस्थाका प्रतिनिधहरुका अनुसार स्याङ्बा सेफ्टी नेट, प्यारासुटहरुमा प्रयोग हुने धागो बनाउने कम्पनीमा कार्यरत भएको जनाईएको छ । उनको कार्यस्थलमै दुर्घटनामा ज्यान गएको बताईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस