
नारी बाटिका
भगवती बिबियु
नारी बाटिका संवाददाता
पुस १५ ।
आज वर्षभरीकै लामो रात भएकोले चिबे चरोपनि तिन मुर्छा खेल्छरे भन्ने भनाई छ । आज पुस १५ को रातलाई वर्षभरीकै सबैभन्दा लामो रात मानिन्छ । आजको रातमा पनि निन्द्रा पुगेन भन्ने ब्यक्ति अल्छि जाँगर नभएको केही गरी खान नसक्ने व्यक्ति भन्ने गर्दछन् बुढापाकाले । यसैगरी आज पुसे १५ पर्व पनि हो । नेपालको भु भाग र समुदाय विशेष रहने नेपाली परमपरा अनुसार पुसे १५ पनि मनाइँदै छ ।
हरेक वर्ष पुस १५ गतेलाई मिठा परिकार हरु ,घ्यु चाक,तरुल, पिँडालु, सखरखण्ड लगायत खानेकुरा खाईन्छ । विशेष नेपालको सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने समुदायले अझै महत्त्वका साथ मनाउने गरिएको छ। आजको रातलाई सुदूरपश्चिम क्षेत्रमा ठूली रात भन्ने गर्दछन् ।
साथै यस भु भागमा पुसे १५ का अवसरमा गाउँका सबै जना एकै ठाउँमा भेला भएर रातभर देउडा गाउँने, गाउँको खुल्ला ठाउँमा दाउरा मुडाहरु बालेर आगो तापेर रातैभर जाग्राम बस्ने, दन्त्यकथा सुनाउने खेतबारी तथा वन जंगलमा फलेका कन्दमूल खाने प्रचलन रहेको छ।
यसैगरी सुदूरपश्चिमका पहाडी बस्तीबाट तराइ तर्फ बसाँई सरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको त्यस क्षेत्रका बासिन्दाहर बताउँन् । आज लामो रात हुने र आजैका दिनबाट रात छोटो हुदै र दिन लामो हुंदै जाने हुनाले पुसको पन्धको रात काट्नु र असारको १५ गतेका दिन काट्नु भन्ने यहाँको उखान छ।







प्रतिक्रिया दिनुहोस