आज:  | Sat, 04, May, 2024

आज जनवरी १ अर्थात अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन

१६ पुष २०८०, सोमबार ०९:१२ मा प्रकाशित ( ४ महिना अघि) ७०६ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

काठमाण्डौ १६ पुस ।

आज अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन हो । अंग्रेजी पात्रो अनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। ईस्वी संवत्‌को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाईंदै छ। नेपाली नयाँ वर्ष भने वैशाख १ गते पर्दछ । तर पछिल्लो समय नेपालमा पनि यसको प्रभाव निकै बढ्न थालेको पाईएको छ।

यसै अबसरमा काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनी लगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालमा पनि घुमघामका साथ मनाउन, पिकनिक खान जाने क्रम बढ्दै गएको छ।

आजकै अर्थात जनवरी १ तारिकका दिन जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो। अहिले विश्वव्यापी रुपमा ईस्वी सम्वत प्रयोगमा आएको छ। नेपालमा यो सम्बत प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्ने गर्छन्।

अंग्रेजी नयाँ वर्ष पछिल्लो समयमा नेपालमा कसरी महत्व बढ्दै छ त ?

पहिलो कुरा त नेपाल र नेपाली रोजगारीमा होस,आर्थिक बिकास,सामाजिक बिकासमा ,कानुन अनुसार कार्यन्वयन, देशमा राजनितिक भागबण्डा र खिचातानी आदी कारणले नेपालीहरु आफुमा आत्मनिर्भर नभएर विैदेशिक रोजगार,तथा स्वदेशमै पनि अर्को व्यक्तिमाथी डिपेन्ड बन्नु परेको यर्थातता छ । साथ साथै नेपालमा विदेशी पर्यटकको भीडभाड हुने भएको कारणले पनि उनीहरुको देखासेकीमा अंग्रेजी नयाँ वर्षलाई विशेष गरी युवा वर्गले धेरै महत्व दिएको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस