
काठमाडौं २३ पुस ।
आज राष्ट्रिय सभा निर्वाचनको लागी आज उम्मेदवारी दर्ता हुंदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवार मनोनयन हने भएको हो।
निर्वाचन आयोगका अनुसार अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ।
सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली आगमी पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। साथै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्ने छन्।
आगमी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै मत गणना गरिने आयोगले जनाएको छ।
राष्ट्रिय सभामा यही फागुन महिनामा हुने रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।












प्रतिक्रिया दिनुहोस