आज:  | Sat, 04, May, 2024

जिल्ला प्रहरी कार्यलय धादिङद्वारा जनहितमा जारी सुचना

२६ पुष २०८०, बिहीबार १९:३१ मा प्रकाशित ( ३ महिना अघि) ७७३ पाठक संख्या
नारी बाटिका


धादिङ २६ पुस ।

जिल्ला प्रहरी कार्यलय धादिङद्वारा बिहिबार जनहितमा एक सुचना जारी गरेको छ । केहि दिन यता जाडो अत्याधिक बढ्दै गईरहेको हुँदा विशेष गरी आगलागी‚ कोठमाभित्र गुम्सिएर तथा निसासिएर मृत्यु हुने घटना बढी हुने गरेको तथ्यलाई मध्यनजर राख्दै नागरिकका हितमा सुचना जारी गरिएको हो ।

यस्तै विशेष गरी जाडो मौसममा अत्याधिक चिसो हुने भएको कारण प्रायः घरमा हिटर,आगो बालेर ताप्ने गरिन्छ । तातोको कारण निन्द्रा पनि छिट्रटै लाग्ने र हिटर बन्द तथा आगो ननिभाईकन निदाउने अबस्था हुन सक्छ । साथै यस्ता मानव श्रृजित अन्य घटनाबाट बच्न निम्नानुसारका उपायहरु अवलम्बन गर्न हुन जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध रहेको छ ।

उल्लेखित जोखिम बाट बच्नको लागी निम्न उपायहरु अबलम्वन गर्न सबैमा आग्रह गरेको छ ।

१. कोठा भित्र हिटर‚ कोइला बालेर नसुत्ने ।
२. बिधुत्तिय तार तथा प्लकमा एकै पटक धेरै ठाउमा बढी लोड हुने इलेक्ट्रिकल सामाग्री प्रयोग नगर्ने ।
२. गोठ र भान्साको चुल्होमा काम सकिए पछी निभाउने ।
३. घर बाहिर एवं चोकहरुमा ताप्न बालेको दाउरा र मुढाहरु आगो तापिसके पछी निभाउने ।
४. fire extinguisher घरमा अनिवार्य राख्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%१%५%

प्रतिक्रिया दिनुहोस