आज:  | Fri, 03, May, 2024

आजदेखी धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता हुँदै

२७ पुष २०८०, शुक्रबार ०८:०७ मा प्रकाशित ( ३ महिना अघि) १२४ पाठक संख्या
नारी बाटिका


धादिङ २७  पुस ।

आज आजदेखी नेपाल खेलकुद महासंघ धादिङको आयोजनामा माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता हुँदैछ । सुक्रबार अर्थात पुष २७ देखि माघ १ गतेसम्म धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता गर्न लागिएको आयोजक महासंघ धादिङले जानकारी दिएको छ ।

आयोजकले जनाए अनुसार प्रतियोगिता नकआउट प्रणाली सञ्चालन गर्ने पनि महासंघका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज सगुन थापा मगरले बताउनु भयो । यस प्रतियोगिता छात्र तर्फ मात्रै हुने पनि थापाले जानकारी दिएका छन् ।

साथै प्रतियोगिताको लागि खेलाडीहरुको टिम दर्ता भैरहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु,५० हजार, द्वितियलाई रु,३० हजार, तृतियलाई रु,१५ हजार र सान्त्वनालाई रु,५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यस नेपाल खेलकुद महासंघ, धादिङ नेकपा नेकपा एमाले निकट खेलकुद संगठन हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस