
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१० मंसिर ।
हाल नेपालमा न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्दै गएकाले देशभर चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा बिहानी पख र रातिको समयमा चिसो अत्यधिक महसुस हुन थालेको छ ।
महाशाखाको अनुसार हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गरेको छ। न्यूनतम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ। काठमाडोंसंगै देशका अधिकांश भुभागमा न्युनतम तापक्रम घट्दो क्रममा रहेको जनाएको छ ।
चिसो बढेसंगै अन्य व्यक्तिको तुलनामा साना बच्चाहरु,वृद्ध वृद्धाहरु,सुत्केरी तथा अशक्त वर्गलाई चिसोको कारण रुघाखोकी लगायतका स्वास्थ्य समस्या बढ्ने जोखिम हुने हुंदा तातोपानी पिउने तथा पोषण युक्त खानेकुरा खानामा वृद्धी गर्दा उपयुक्त हुने सुझाव दिइन्छ ।












प्रतिक्रिया दिनुहोस