बिबियु,नारी वाटिका डट्कम
धादिङ ९ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन मङ्सिर ९ गते धादिङवेशीमा प्रभातफेरी गरिएको छ ।
सबै प्रकारको हिंसा विरुद्ध १६ दिने अभियानमा निलकण्ठ नगरपालिकाको संयोजत्व तथा नगरपालिकाभित्र मुख्य कार्यालय संन्चालन गर्दै आएका सरकारी तथा गैर सरकारी संघ संस्था तथा सहकारीहरुको सहभागितामा मूल आयोजक समितिको आयोजनामा धादिङको पुछारबजारबाट प्रभातफेरी तथा र्याली गर्दै मनाइएको हो ।
र्याली पछिको कोणसभामा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटनामा छिटोछरितो तरिकाले टुंगोमा पुर्याउन र पीडितलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकायबाट यथोचित भुमिका भइरहेको बताउनु भएको छ ।
उहाँले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको पहिलो दिन आज स्थानीय सरकारको सहकार्यमा विभिन्न संस्थाहरुले साथ र सहयोग दिएको मा धन्यवाद दिनु भयो । उहाँले यसरी नै महिला विरुद्धको सबै खाले हिंसाका विरुद्धमा एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नु भयो ।
ै कार्यक्रमका संयोजक एवं् निलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले लैंगिक हिंसा अन्त्यका लागी नगरपालिकाबाट महिलाको सीप क्षमता विकास,उद्योमीशील कार्यक्रमहरु तथा महिलाको क्षेत्रमा आर्थिक विकास गराउने खालको गतिविधिहरु संन्चालन गरिरहेको बताउनु भयो ।
यस्तै घर तथा समाजमा हुने महिला तथा बालिका हिंसा विरुद्धमा सचेतना जगाउन सबै संघ संस्थाहरु,प्रहरी प्रशासन,सहकारी संस्थाहरुबिचमा सहकार्य गरी यस दिवसीय अभियान मात्रै नभइ निरनतर रुपमा जनचेतनामुलक कार्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नारी जागरण केन्द्र,नारी विकास सहकारी संस्था,निलकण्ठ महिला सहकारी संस्था,ज्योती महिला सहकारी संस्था,साँकोष कृर्षी महिला सहकारी संस्था,क्षेत्री महिला समाज ,नगरपालिकाका महिला जनप्रतिनिधिहरु,टोल विकास महाँसंघ,पत्रकार महाँसंघका अध्यक्ष सीताराम अधिकारी,विभिन्न समचार माध्यका संन्चारकर्मीहरु,जिल्ला प्रहरी कार्यालय धादिङ ,धादिङ अस्पतालका ओसीएमसीका प्रतिनिधि लगायतका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम निलकण्ठ नगरपालिकाका सामजिक शाखा अधिकृत उर्मिला थपलियाले व्यवस्थापन र संन्चालन गर्नु भएको हो ।












प्रतिक्रिया दिनुहोस