
नारी बाटिका
भगवती बिबियु
नारी बाटिका डट्कम संवाददाता
धादिङ -२९ पुस ।
माघे संक्रान्तिको दिन गोरु जुधाउने गरिन्छ भनेर परिचित रहेको धादिङमा यसवर्षमा पनि जिल्लाको विभिन्न स्थानमा गोरु जुधाउने कार्यक्रम हुंदैछ ।
हरेक वर्षको माघे संक्रान्तिको दिन धादिङ जिल्लाको विभिन्न स्थानमा गोरु जुधाउने साथमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । भोली माघ १ गते नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा १३ औँ गोरु जुधाई प्रतियोगिता तथा सांस्कृति कार्यक्रम हुदैछ ।
प्रत्येक वर्ष माघे संक्रान्तिको दिन गोरु जुधाई प्रतियोगिता गर्दै आईरहेको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र धुवाँकोटको आयोजना र भगेरी युवा क्लब धुवाँकोटको सह आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको संस्थाले जानकारी गराएको छ ।
भोलि हुन गैरहेको गोरु जुधाइ प्रतियोगितामा गोरु पालक निसानहरुले ११ हल गोरु दर्ता गराएका छन् । भोली माघ १ गते बिहान १० बजेदेखी सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएकोछ ।
त्यस्तै माघे संक्रान्तिकै अबसरमा धादिङको निलकण्ठ नगरपालिकाको वडा नंम्बर ५ खाल्टे फ्याक्सेमा पनि गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रममा हास्यकलाकार सागर लम्साल (बले) लगायतका कलाकारहरुको प्रस्तुती रहेने भएकोले कला,संस्कृतीलाई जगेर्ना गर्नको निमित्त पनि अवलोकन गर्नको लागि आयोजकले सम्पुर्णमा हार्दिक अनुरोध गरेको छ ।
त्यसैगरी माघे संक्रान्तिकै अबसर पारेर धादिङको निलकण्ठ नगरपालिकाको वडा नंम्बर ११ ज्याम्रुङको शंखादेवी मन्दिर सम्रक्षण तथा ब्यवस्थापन समितीद्वारा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेपालीको संस्कृर्ती र परमपरालाई सम्रक्षण गर्नको लागी दशैं तिहार पछीको ठुलो र महत्वपुर्ण चाडको रुपमा लिईने माघेसंक्रान्ति पर्वको दोस्रो पुस्तामा लोप हुंदै गएकोले विशेष महत्वको रुपमा मनाउन तथा पर्वको प्रवद्र्धन गर्ने उदेस्यले कार्यक्रम गर्न लागिएको शंखादेवी मन्दिर सम्रक्षण तथा ब्यवस्थापन समितीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस