
नारी बाटिका
काठमाडौं २ माघ ।
केही बेर अगाडी त्रिशूली नदिमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा त्रिशूली नदिमा खसेको भारतीय जीप भएको पुष्टी भएको थियो । त्रिशूली नदिमा खसेको उक्त जीप भेटिएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।
मंगलबार बिहान उक्त जीप त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको थियो ।
बिहानै त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटार गोताखोरको प्राविधिक टोली परिचालन गरिएको थियो । प्रहरीलाई स्थानीयवासीले उक्त जीप त्रिशुली नदीमा खसेको खबर गरेपछि तत्कालै उक्त प्राविधिक तालिम प्राप्त टोली घटनास्थलमा परिचालन भएको थियो ।
साथै केही समयअघि गोताखोरको तालिम प्राप्त टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरीले जानकारी दिएको छ । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस