आज:  | Sun, 19, May, 2024

आज देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको

३ माघ २०८०, बुधबार ०७:३६ मा प्रकाशित ( ४ महिना अघि) १९० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं ३ माघ ।

वुधधार  देशभरका मौसम यस प्रकार रहेने अनुमान गरिएको पुर्वामान शाखाले जनाएको छ । वुधधार देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भुभागमा बिहान आंशिक बदली साथै मुख्यतया मौसम सफा छ। तर तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने जनाएको छ।

साथै चार प्रदेशका पहाडी भू–भागका क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। यस्तै चार प्रदेशका उच्च पहाडी भाग र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत छ।

यसैगरी आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस