आज:  | Sat, 27, Jul, 2024

दाजुबहिनी मिलेर सहकारीको करोडौँ रकम हिनामिना गरी फरार

४ माघ २०८०, बिहीबार १४:५१ मा प्रकाशित ( ६ महिना अघि) ९०३ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ माघ ।

काठमाडौं स्थित जनयोग सहकारी संस्थाको दाजुबहिनी मिलेर करोडौँ रकम हिनामिना गरी फरार भएका छन् । काठमाडौं महानगरपालिका वडा न.३२ पेप्सीकोलामा संन्चालित जनयोग बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अध्यक्ष दाजु अर्जुन कार्की र ऋण अधिकृत तथा ऋण शाखा प्रमुख बहिनी आस्था कार्की पाण्डेय  फरार भएका हुन्।

उक्त सहकारीमा जम्मा गरिएको करोडौँ रकम हिनामिना गरी सहकारीका सञ्चालक द्धवय सम्पर्क विहीन भएपछि सहकारीका सदस्यहरूले काठमाडौँ महानगरपालिकामा मंगलबार उजुरी गरेका छन्।

सहकारी संस्थाका सदस्यहरुका अनुसार उक्त सहकारीको सेवा केन्द्र बानेश्वरबाट पुस २६ गतेसम्म बचत संकलन गर्न संकलकहरू आएका थिए। ‘त्यसपछि भने गायब छन्, हामीले हिजो मुद्दा पनि हालेका छौँ, बचतकर्ताको करिब २० करोड रकम लिएर फरार भएको हो’, भनेका छन्। ।

दाजु अर्जुन कार्की जनयोग सहकारी संस्थाको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय लोन शाखा प्रमुख थिइन् । तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता दिनुपर्ने नभए कारबाही हुनुपर्ने सदस्यहरूको माग रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१०%

प्रतिक्रिया दिनुहोस