आज:  | Mon, 20, May, 2024

आगमी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पुगेको: आयोग

५ माघ २०८०, शुक्रबार १६:०९ मा प्रकाशित ( ४ महिना अघि) ५१७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ माघ ।

आगमी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पुगेकोआयोगले जानकारी गराएको छ । राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक मतपत्र छापेर सातवटै प्रदेशहरूमा पुर्‍याईसकेको आयोगले जनाएको हो । स्वीकृत मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छाप्ने काम सकेर सम्वन्धित सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्‍याउने काम सम्पन्न भएको आयोगल जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्नको लागी प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।

यस निर्बाचनबाट प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छापिएका छन् ।

साथै प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु छपाइ गरी सम्वन्धित प्रदेशमा पुर्याएको छ।

त्यसैगरी, लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेको पनि आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य पदको लागि फाल्गुन २० देखि रिक्त हुने १९ पदमा आगामी माघ ११ गते निर्वाचन गरिन लागेको हो । मतदान सम्वन्धित प्रदेशका निर्धारण गरिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि तोकिएको छ। यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि २०८६ फाल्गुन २१ देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस