
नारी बाटिका
काठमाडौँ ७ माघ।
आफ्नी छोरी सहित युगान्डा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै फर्कँदै हुनुहुन्छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री आज काठमाडौँ फर्कन लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसै माघ ४ गतेदेखै युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग‘ लिनको लागी प्रधानमन्त्री नेपाली टोलीको साथमा जानु भएको थियो । प्रधानमन्त्री दाहाल गएराति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुग्नु भएको छ । दोहाबाट नेपाल फर्किन उहाँ आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुने छ ।
उक्त भ्रमणमा प्रधानमन्त्रिकी छोरी सहित नेपालको तर्फबाट प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू सहभागी हुनुहुन्छ ।
तस्वीर : अनलाईन साभार








प्रतिक्रिया दिनुहोस