आज:  | Sat, 27, Jul, 2024

१५ वर्षअघिको हत्या घटनामा सुर्खेत अदालतले पञ्चा सिंह सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

८ माघ २०८०, सोमबार ०७:४६ मा प्रकाशित ( ६ महिना अघि) २२६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ८ माघ ।

१५ वर्षअघिको हत्या घटनामा सुर्खेत जिल्ला अदालतले पञ्चा सिंह सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित ६ जनाविरुद्ध १५ वर्षअघिको हत्या घटनामा जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको हो ।

पञ्चा सिंह को अगुवाईमा १५ वर्ष अगाडी कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा जिल्ला अदालतमा जाहेरी परेपछि सिंह सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सुर्खेत प्रहरी कार्यलयका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी घर भएका सिंह सहित पदमबहादुर रावत (टाइगर), बालकृष्ण सिंह (गुराँस) टंकबहादुर सिंह रहेका छन् ।

यस्तै कालिकोट जिल्लाकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल (सुभाष) र अलि कार्की भनिने (अशोक)रुद्ध पक्राउ पुर्जी जारी भएको हो। गत २०७९ साउन १३ गते पक्राउका लागि प्रहरीले पुर्जी माग गरेको थियो ।

२०६५ साल फागुन २६ गते राजबहादुरको खुकुरी प्रहार गरी हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त मुद्दाको अनुसन्धान अघि उल्लेखित व्यक्तिहरु घटनामा संलग्न भई घटना घटाएको पुष्टि गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस