
धादिङ माघ १४
नेकपा एमाले धादिङको यही माघ १९ र २० गते हुने ९ औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि समेत चयन भएैको छ । जिल्लाको १३ वटै पालिका र १ सय ४ वटै वडामा प्रतिनीधि छनौटको कार्य सम्पन्न भएको छ ।
जिल्ला अधिवेशनका लागि करिब ६ सय प्रतिनीधि छनौट भएकोमा ३३ प्रतिशत महिला सहभागीता सहित दलित, जनजाति र युवाको समानुपातिक सहभागीता हुने व्यवस्था अनुसारको प्रतिनिधि छनौट गरिएको नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटाले बताएकी छन् ।
जिल्ला भरभरबाट प्रतिनिधि चण्न गर्ने कार्य शान्तिपूर्ण र सर्वसम्मत रुपमा छनौट भएको नेकपा एमाले पार्टी कार्यलय धादिङले बताएको छ । यस्तै एमाले धादिङको जिल्ला भरबाट ९ हजार ८ सय ८७ पार्टी सदस्यले सदस्यता नविकरण गरेका पार्टी स्रोतले बताएको छ ।












प्रतिक्रिया दिनुहोस