आज:  | Sat, 27, Jul, 2024

एमाले धादिङको माघ १९ मा जिल्ला अधिवेशन हुंदै,अधिवेशनको लागी प्रतिनिधि चयन

१४ माघ २०८०, आईतवार १८:३४ मा प्रकाशित ( ६ महिना अघि) २१९ पाठक संख्या
नारी बाटिका


धादिङ माघ १४

नेकपा एमाले धादिङको यही माघ १९ र २० गते हुने ९ औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि समेत चयन भएैको छ । जिल्लाको १३ वटै पालिका र १ सय ४ वटै वडामा प्रतिनीधि छनौटको कार्य सम्पन्न भएको छ ।

जिल्ला अधिवेशनका लागि करिब ६ सय प्रतिनीधि छनौट भएकोमा ३३ प्रतिशत महिला सहभागीता सहित दलित, जनजाति र युवाको समानुपातिक सहभागीता हुने व्यवस्था अनुसारको प्रतिनिधि छनौट गरिएको नेकपा एमाले धादिङका उपसचिव राधिका सापकोटाले बताएकी छन् ।

जिल्ला भरभरबाट प्रतिनिधि चण्न गर्ने कार्य शान्तिपूर्ण र सर्वसम्मत रुपमा छनौट भएको नेकपा एमाले पार्टी कार्यलय धादिङले बताएको छ । यस्तै एमाले धादिङको जिल्ला भरबाट ९ हजार ८ सय ८७ पार्टी सदस्यले सदस्यता नविकरण गरेका पार्टी स्रोतले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस