आज:  | Sat, 04, May, 2024

सामाजिक बिकास मन्त्री मोक्तानद्वारा खेलकुदको बिकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता

१५ माघ २०८०, सोमबार ०७:४६ मा प्रकाशित ( ३ महिना अघि) ३४० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु नारी बाटिका संवाददाता

धादिङ १५ माघ

सानी नानीको अति सुन्दर नाच

सामाजिक बिकास मन्त्री कुमारी मोक्तानद्वारा खेलकुदको बिकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आईतबार धादिङवेशी सदरमुकाममा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिको उद्घाटन गर्नु हुदै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नव उद्घघाटित जिल्ला खेलकुद विकास समितिको भवनलाई बागमती प्रदेश सरकारले पूर्णता दिने बताउनु भयो ।

उहाँले बागमती प्रदेश सरकार खेल क्षेत्रमा हिजोपनि उल्लेख्य लगानी गरिरहेको छ । आगमी दिनमा पनि खेल जगतलाई विशेष प्राथमिकता दिदै जाने बताउन भएको छ ।
देशमा संघीयता आईसके पछी संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खेल क्षेत्रमा धेरै लगानी गरेको छ । तर त्यसलाई संस्थागत हिसाबले खेलकूद क्षेत्रको विकास गर्दै लैजान जिल्लाका सबै स्थानीय तहलाई दृढतापूर्वक लगानी गर्न समेत आग्रह गर्नु भयो ।

उहाँले खेलाडीहरुलाई आफुले खेल प्रदर्शन गर्दा अनुशासन, गतिशीलता र मर्यादित भएर खेल्न आग्रह गर्नु भएको छ । अहिले पनि संघीय तवरबाट खेल निति नबनेको कारण हरेक जिल्लामा २÷२ वटा खेलकुद परिषद् भवन स्थापित भएको र यसलाई अब एकै संस्थामा गाप्ने र एउटै बनाएर अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

देशमा सात प्रदेश मध्यमा खेलाडीहरूको लागि विमाको निति सञ्चालन गर्ने प्रथम र पहिलो प्रदेश बागमती प्रदेश सरकार नै भएको पनि बताउदै सामाजिक विकास मन्त्रालयले खेलकुद क्षेत्रलाई अगाडी बढाउदै गर्दा खेलाडीहरुलाई प्रोत्साहन र खेलको आयोजना गर्ने मात्र नभई, खेललाई शैक्षिक हिसाबले विकास गर्नका लागि सबैतह लाग्नु भर्ने बताउनु भयो ।

स्थानीय तह,विद्यालय तथा क्याम्पसहरुमा खेल शिक्षक नै नियुत्ति गर्ने उद्देश्यका साथ कार्य गरिरहेको बताउनु भयो ।उहाँले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निश्चित बजेट भित्रको ५७ प्रतिशत बजेट खेल क्षेत्रमा छुट्टाइएको पनि जानकारी गराउनु भयो । यस्तै मोक्तानले कवर्डहल परिसरमा मैदान निर्माणका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नु भएको छ ।

उहाँले खेललाई व्यवस्थित र संस्थागत ढंगबाट विकसित गरेर लैजान जिल्ला स्तर तथा पालिका स्तरको खेलमैदान निर्माणको लक्ष्यको समेत छलफल भईरहेको बताउनु भयो ।

आईतबार धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षता तथा मन्त्री मोक्तानको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्साल,जिसस प्रमुख नवराज अधिकारी, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ,गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा लगायतको उपस्थित रहेको थियो ।

त्यसैगरी उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, प्रहरी प्रमुख एसपी गौतम मिश्र, पत्रकार महासंघ ,तामाङ पत्रकार संघ धादिङ, लगाएतको आतिथ्यता रहेको थियो ।यस जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता माघ १४ देखी १६सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%१%२%

प्रतिक्रिया दिनुहोस