आज:  | Mon, 20, May, 2024

धादिङ ज्यामरुङको बायुगुठी समस्याले कडा आन्दोलनको रुप दिने तयारी, फागुन १५ गते मालपोत तालाबन्दिको घोषणा

२२ माघ २०८०, सोमबार ०८:०५ मा प्रकाशित ( ३ महिना अघि) २९० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ २२ माघ ।

निकै लामो समयदेखीको समस्याको रुपमा रहेको धादिङ जिल्लाको ज्यामरुङको बायुगुठीसंग सम्वन्धित स्थानियले कडा आन्दोलनको तयारी गरेका छन् । बायुगुठी समस्या संघर्ष समितीले जनाए अनुसार फागुन १५ गते धादिङको जिल्ला मालपोत कार्यलयमा तालाबन्दिको घोषणा गरेका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा न १० र ११ ज्यामरुङ तथा नेत्रावती डवजोङ गाउपालिका वडा न ५ कटुन्जेका श्री ५ को बायुगुठी पिडितहरुले समस्या समाधान नभएको भन्दै कडा आन्दोलनको तयारी गरेका हुन् ।

बायुगुठी पिडितहरुको सहभागितामा बनेको संघर्ष समितिको शनिबार बसको बैठकले आन्दोलनलाई कडा र समस्या समाधन नभएसम्मको लागी शशक्त बनाएर आन्दोलन गर्ने निर्णय गरेका छन् । देशमा परिवर्तन र चुनिदै गएका स्थानिय,प्रदेश र संघिय सरकारका राजनितिक दल,जनप्रतिनिधिहरु तथा विभिन्न पार्टीका नेताहरुलाई पटक पटक,र प्रधानमन्त्री समक्ष समेत समस्या समाधानका लागी मौखिक,निखित दुवै रुपमा अनुरोध गर्दा पनि उनीहरुको समस्या समाधान नभएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।

निलकण्ठ नगरपालिका तथा धादिङ जिल्लास्थित रहेका जति पनि श्री ५ को बायुगुठी पिडितहरुले फागुन १५ गते देखि अनिश्चतकालिन मालोपोत कार्यालय धादिङमा तालाबन्दि गर्ने घोषणा गरेका छन् । यस पटकको आन्दोलन कडा र शशक्त हुने र समस्या समाधान नहुन्जेल जारी रहने श्री ५को बायुगुठी समस्या समाधान सर्घष समितिले जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस