
बिबियु,नारी वाटिका डट्कम
धादिङ ४ मंसिर ।
नेपाली बजारमा आज एकै दिन सुनको मूल्यमा भारी रुपमा गिरावट आएको छ। पछिल्ला दिनमा लगातार रुपमा मुल्य घटिरहेको अवस्थामा आज(शुक्रबार )सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्यमा आज एकै दिन १२ हजार २०० रुपयाँ घटेर तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेर शुक्रबार ३ हजार ११० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
तिहार पर्व सकिए संगै नेपालमा पछिल्ला दिनमा सुनको मुल्यमा लगातार गिरावट आइरहेको छ ।












प्रतिक्रिया दिनुहोस