
नारी बाटिका
काठमाडौँ २३ माघ ।
काठमाडौँ अदालतद्वारा दुई दिन भित्र अनुसन्धान नसके अरुण चौधरीलाई हाजिरी जमानीमा छाडन आदेश दिएको छ । चौधरीका सम्बन्धमा दुई दिन भित्र अनुसन्धानको प्रकृया नसके हाजिरी जमानीमा छाड्न शोमबार आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो २२ गते सोमवारबाट लागु हुने गरी दुई दिन भित्र अनुसन्धान नसकिए अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको हो ।
उक्त आदेशमा प्रतिवादीहरुलाई २५ दिन सम्म नै हिरासतमा राखी अनुसन्धान गर्न र बुझ्न पर्ने कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी कागज गराउनको लागि माघ २२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको थियो । प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने कागज गराउनु पर्ने नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिरी जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिन भित्र अनुसन्धान नसके जवानीमा छाडन भनिएको छ ।
यस्तै अव बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानक कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिरी जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्नु भनि मुलुकी फौजदारी मुलुकी कार्यविधि सहित २०७४ को दफा १४,६ बमोजिम यो आदेश गरिएको छ ।” आदेशमा उल्लेख छ । 
तस्वीर स्रोत : अनलाईन साभार







प्रतिक्रिया दिनुहोस