आज: २०८३ आश्विन ७, बुधबार | Wed, 23, Sep, 2026

देशभर वर्षा हुने साथै कोशीमा अति भारी वर्षाको चेतावनी

२०८३ आश्विन ७, बुधबार मा प्रकाशित ( ५३ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -७ असोज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै नेपालको पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ।

जसका कारण आज देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। तर कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

यस्तै,आज राति कोशी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ । कोशी कै केही स्थानमा भने भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

महाशाखाले भारी वर्षाको सम्भावना देखिएका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले यस क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस