आज: २०८३ आश्विन ७, बुधबार | Wed, 23, Sep, 2026

कांग्रेस धादिङको सबै वडामा शोमबार अधिवेशन सम्पन्न

२०८३ आश्विन ७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -७ असोज ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्रगत धादिङका सबै वडामा उत्साहपूर्वक वडा अधिवेशन सम्पन्न भएको छ ।

त्रिशुली नदीको बाढीले धादिङवेशी जोड्ने मुख्य नाका फुर्केखोलाको मोटरेवल पुल बगाएर आवागमनमा निकै असहज भईरहेको अवस्थामा पनि नेपाली कांग्रेस धादिङको वडा अधिवेशनमा सहभागी हुन जिल्ला बाहिर रहेका क्रियाशील सदस्यहरू उत्साह पुर्वक सहभागी भएका थिए ।

अधिवेशनबाट नयाँ वडा कार्यसमिति, वडा सभापति, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् । काँग्रेसका केन्द्रीय तहका नेताहरुकाबिचमा जे जस्तो भएतापनि जिल्ला तथा स्थानीय स्तरका पार्टीका नेता तथा कार्यकर्ताहरु एक भएको देखिन्छ ।

अर्को तर्फ रसुवाको बिनाशकारी बाढीका कारण मलेुखुको फुर्केखोला मोटरेवल पुल बाढीले बगाएर धादिङ जिल्लाकै सदरमुकाम जोड्ने माध्यम नभएको हालको विसंम परिस्थितिमा पनि काँग्रेसका कृयाशील सदस्य तथा कार्यकर्ताहरुको सामूहिक मिहिनेतले जिल्लाभरका वडा अधिवेशन सम्पन्न भयो ।

यस १५ औं महाधिवेशनबाट वडा तहदेखी नै निखारिएर पार्टीको सिद्धान्त,मुख्य,उदेस्य र लक्ष बुझेर सम्पन्न भएका कार्यले पार्टी संगठन थप सुदृढ, गतिशील र जनमुखी बन्ने काँग्रेस जिल्ला कार्यमिति धादिङका पार्टी सचिव विकास श्रेष्ले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस