आज:  | Sat, 27, Jul, 2024

पछिल्लो समयमा बड्दो साइबर अपराधका घटना १३ हजार भन्दामाथी उजुरी

२५ माघ २०८०, बिहीबार ०७:३२ मा प्रकाशित ( ५ महिना अघि) ३६८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २५ माघ ।

प्रविधिकको बिकाससंगै प्रविधिकै माध्यमबाट समाजमा अपराधका घटनाहरु पनि बड्दै गएको देखिएको छ । पछिल्लो समयमा बड्दो सामाजिक संन्जालहरु प्रयोग गरी अपराधिक मानसिकता भएकाहरु कसरी कुन माध्यमबाट ठगी र फाईदा लिन सकिन्छ भनेर दाउ हेरी बसेका हुन्छन् । जसमा सात महिनामा नेपालमा साइबर अपराधका घटना १३ हजार भन्दामाथी उजुरी परेको तथ्यांक प्रहरीले साबैजनिक गरेको छ ।

यसै चालु​​ आर्थिक वर्षको सात महिनामा साइबर अपराध सम्बन्धी १३ हजार तीन ३३० निवेदन प्रहरीमा दर्ता भएको छ। यो तथ्यांक साउनदेखि माघ २३ गतेसम्म सामाजिक सञ्जाल सम्बन्धी ११ हजार चार सय २५ निवेदन दर्ता भएको हो।

प्रहरीका अनुसार सुचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार ९०५ रहेका छन् । साइबर अपराधमा मुद्दा चलाएकाहरु मध्ये हालसम्म ५१ जना पक्राउ परेका छन् । नग्न तस्विरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्विर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।

यसैगरी सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य संघसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेक्रम पनि बढेको प्रहरीको भनाईछ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपिएको बताउनु हुन्छ ।

यस तथ्यांक मध्य सामाजिक सञ्जाल, फेसबुक म्यासेञ्जरको दुरूपयोगको उजुरी नौ हजार ३५०, भाइबरका १६, इमोका ६, युट्यबका ३९, ट्वीटरका ६, इन्स्ट्राग्रामका ४३२ र वेबसाइट ह्याकिङका ६ वटा रहेका छन्। यस्तै टिकटकका ६६७, इमेलका ८०, ई(सेवाका १९० र अन्य साइबर अपराधतर्फ ११८ वटा छन्।

साथै, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका ४३,उपहार र पैसा पठाएको सम्बन्धी २६४ र लोटरी परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा छन्। यस्तै वैदेशिक रोजगारको प्रलोभनका ३८, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ र बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका १५२ वटा छन् ।

यसैगरी मास्टर कार्डरमनी एक्सचेञ्ज समेत ६१, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५, क्रिप्टोसँग सम्बन्धित ९५, अनलाइन सपिङका ४६०, सामाजिक सञ्जाल फेक आईडी ६७ वटा र अन्य साइबर अपराधमा २६२ वटा उजुरी परेको नेपाल प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस