आज: २०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

आज तामाङ समुदायको ल्होछार पर्वका अबसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यत्त

२०८० माघ २७, शनिबार मा प्रकाशित ( २ साल अघि) ७८६० पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ माघ ।

आज तामाङ समुदायको ल्होछार पर्व धुमधामका साथ विभिन्न कार्यक्रम गरी मनाईदैछ । यसै पर्वका अबसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा शुभकामना व्यत्त गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले तामाङ समुदायले खुशी हौसल्लाका साथ मनाउने सोनाम ल्होछार जस्ता पर्वबाट नेपालीबीच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनु भएको छ।

साथै तामाङ समुदायको ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न यस्ता पर्वले मद्दत पुग्ने विश्वास लिएको व्यक्त गर्नु भएको छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा यस प्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषको मात्र नभएर सिङ्गो राष्ट्रका साझा र मौलिक पर्व भएको बताउनु भएको छ

प्रधानमन्त्री सचिवालयले जारी गरेको शुभकामना सन्देशमा यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहेको उल्लेख गरिएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता एवं भौगोलिक विविधता सहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस