
बिबियु,नारी वाटिका डट्कम
१६ कात्तिक ।
राष्ट्रय सडक लाईनमा रहेको पृथ्वीराजमार्ग र धादिङको जिल्ला सदरमुकामसहित ८ पालिका जोड्ने मलेखु फुर्केखोलामा पन्टुन पुल निर्माण गर्न धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको प्रयास अघि बढेको छ ।
गत भदौ १० को भोटेकोशी बाढीले बगाएको धादिङको मलेखुस्थित फुर्केखोलामा पुल निर्माणका लागी अहिलेसम्म पनि आफ्नै जिल्लाबाट संघीय सरकारमा प्रतिनिधित्व गरेका सत्तारुढ दलका निर्वाचित धादिङका संघीय साँसदहरुले कुनै चासो नदेखाएपछी तत्कालका लागी अस्थायी रुपमा भएपनि पन्टुन पुल निर्माण तथा सञ्चालनका विषयमा धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको आइतबार बैठक बसी छलफल अघि बढाएका हुन् ।
बैठकमा पुल निर्माणका लागि आवश्यक स्रोतसाधन जुटाउने, लागत व्यवस्थापन तथा निर्माण प्रक्रिया अघि बढाउने विषयमा गहन छलफल गरिएको बताइएको छ।
फुर्केखोलामा पुल नहुंदा धादिङका १३ स्थानीय तहका नागरिकहरु प्रभावित भएका थिए । जिल्ला सदरमुकाम जोड्ने मुख्य नाकामा रहेको मलेखु फुर्केखोलाको पुल नहुंदा सरकारी कामकाजका लागी जिल्ला सदरमुकाम आवागमनमा निकै समस्या परेको अवस्था छ ।
यसैगरी,धादिङबाट अपरझट का बिरामी तथा घाइतेहरुलाई राजधानीका ठुला र सुविधा सम्पन्न अस्पताल लैजाने मोटरेवल पुल नहुंदा यसको जोखिम उच्च थियो । अर्कोतर्फ यस स्थानको पुल बाढीले बगाउँदा खाद्यान्न लगायत जिल्ला बाहिरबाट आउने सम्पुर्ण सामान बोक्ने सवारीसाधन संन्चालन हुन नसक्दा महगीको सास्ती धादिङका नागरिकले भोग्नु परेको छ ।
हरेक पक्षबाट हेर्दा उक्त स्थानमा अस्थाई रुपमा भएपनि पन्टुन पुल निर्माण भएपछी मलेखु क्षेत्र हुँदै आवतजावत गर्ने सर्वसाधारण तथा यात्रुहरूलाई सहज हुने र लामो समयदेखि भोग्दै आएको यस जिल्लाका नागरिकका सास्ती कम हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस