
नारी वाटिका डट्कम
धादिङ -१७ कात्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका छ जना कर्मचारीविरुद्ध ९ करोड ७२ लाखको घुस प्रकरणमा मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा यदुनाथ आचार्यसमेतका छ जना कर्मचारीहरुको मिलेमतोमा सेवाग्राहीसंग गैरकानुनी रुपमा ९ करोड ७२ लाखको घुस खाएको पुष्टी भएपछी आयोगले शोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले दिएको जानकारी अनुसार नायब सुब्बा आचार्यले रु, नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टी भएको आरोप लगाएको छ।
आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवमा कार्यरत हुंदा २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिको अनुसन्धान गरेको आयोगको भनाई छ ।
आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा पनि दायर गरिएको जनाएको हो।












प्रतिक्रिया दिनुहोस