आज:  | Sat, 04, May, 2024

आज वसन्त पञ्चमी,सरस्वतीको पूजा आराधना गरी मनाइँदै

२ फाल्गुन २०८०, बुधबार ०७:३६ मा प्रकाशित ( २ महिना अघि) २०२ पाठक संख्या
नारी बाटिका


भगवती  बिबियु

काठमाडौं ०२ फागुन।

आज वसन्त पञ्चमी अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वती देवीको पूजा आराधना गरी मनाइँदै छ । माता सरस्वती विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गरिन्छ ।

विद्याकीदेवी सरस्वतीको पूजा आरधना गरी आजका दिन साना बालबालिकाहरुको विद्यालय पठाउने उमेर भएकाृ छ भने आजैबाट अक्षर चिनाउन वा माथिल्लो सेणीको समते विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

यसैगरी आजैका दिनको तिथिमा विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता पनि रही आएको छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राहरुको घुइँचो लाग्ने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस