आज:  | Mon, 20, May, 2024

कांग्रेसका २२ केन्द्रीय सदस्यले सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन देउवालाई प्रस्ताब पत्र

४ फाल्गुन २०८०, शुक्रबार १९:१५ मा प्रकाशित ( ३ महिना अघि) २४३ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ फागुन ।

नेपाली कांग्रेसका कांग्रेसका २२ केन्द्रीय सदस्यहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन देउवालाई प्रस्ताब पत्र बुझाएका छन् । काँग्रेसका केन्द्रीय सदस्यहरुले आसन्न यही फागुन ७ गतेदेखी हुन गैइरहेको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा निर्णय लिन दवाब गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर पत्र बुझाएका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रस्य सदस्य शंकर भण्डारी सहित २२ सदस्यको हस्ताक्षर पत्र पार्टी सभापती मार्फत महासमितिको बैठकमा छलफल गरी निर्णय गर्न आफ्नो धारणा बुझाइएका हुन् । सो प्रस्ताव पत्रमा आफ्ना धारणा सहित हस्ताक्षर गर्नेहरुमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दीलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुन जंगबहादुर सिंह, सीताकुमारी राना छ्न् ।

यस्तै केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलाको पनि हस्ताक्षर गरी प्रस्ताव पत्र बुझाएका छ्न् ।

केन्द्रीय सदस्यको हस्ताक्षरको नेतृत्व गरेका भण्डारीले आम जनताको भावना अनुसार कांग्रेसले निर्णय गर्नुपर्ने बताउनु भयो । उहाँले हस्ताक्षर गर्ने सदस्यको संख्या बढ्ने समेत बताउनु भयो ।

नेपालमा धर्म,संस्कार दर्शन सहितको प्रजातन्त्र आवश्यक पर्छ भन्ने नेपाली काँग्रेसले देशको मुख्य अस्तित्व बोकेको हिन्दु धर्म कुल्चियो भनेर काँग्रेसप्रति चौतर्फी आलोचना भएको थियो । तर पार्टीभित्र यस विषयमा एकग्रुपता हुन नसकेपछी पार्टी नेतृत्व चुप बसेको थियो । आम जनमासको धारणालाई बुझेर ढिलै भएपनि पार्टीका केही केन्द्रीय नेताहरुले सनातन हिन्दु राष्ट्रको पक्षमा चासो राख्नाले यतिवेला यस विषयलाई जनमासले चासोको रुपमा हेरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%

प्रतिक्रिया दिनुहोस