आज:  | Sat, 04, May, 2024

धादिङबेशीमा अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता शनिबारदेखी सुरु

६ फाल्गुन २०८०, आईतवार ०७:५९ मा प्रकाशित ( २ महिना अघि) २८८ पाठक संख्या
नारी बाटिका


धादिङ ६ फागुन ।

शनिबारदेखी धादिङबेशीमा अन्तरपालिका स्तरीय फुटसल खेल प्रतियोगिता सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ५ गतेदेखी धादिङबेशीमा संन्चालन भएको फुटसल प्रतियोगिताको प्रमुख आतिथ्यता नगर मेयर भीम प्रसाद ढुंगानाले गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना मन्त्यब्य राख्दै मेयर ढुङ्गानाले एक आपसमा आत्मियता बढाउन खेलले मद्धत पुग्ने बताउनु भयो । यस्तै नीलकण्ठ नगरपालिकाले खेलकुद र खेलाडीहरुको हक हितमा काम गरिरहेको र आगामी दिनमा पनि निरत्तर खेल जगतलाई प्रातमिकताको क्षेत्र बनाउने बताउनु भएको छ ।

यसैगरी नगरपालिकाले यो दोस्रो पटक फुटसल प्रतियोगिता गरिएको भन्दै खेलाडीले नगरको सान मात्र नबड्ने भई यस किसिमको कार्यक्रमले आन्तरिक पर्यटन बड्ने र आर्थिक चलखेलमा समेत टेवा पुग्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नगरपालिका उपमेयर,गंगाजामुना गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत, खनियाबास गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत, लगाएतको आतिथ्यता रहेको थियो । साथै नेत्रावती डबजङ ंगाउँपालिका उपप्रमुख लगायतले मन्तव्य राखेका थिए ।

यस प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पालिकालाई क्रमश नगद १ लाख, ५० हजार र २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट प्लेयर, उत्कृष्ट किप्पर र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस