आज:  | Sat, 04, May, 2024

अन्तरपालिका स्तरीय जिल्ला फुटसल प्रतियोगिताको प्रथम पुरस्कार निलकण्ठले हात पार्यो

८ फाल्गुन २०८०, मंगलवार ०७:४६ मा प्रकाशित ( २ महिना अघि) २१४ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी बाटिका संवाददाता

धादिङ ८ फागुन ।

अन्तरपालिका स्तरीय जिल्ला फुटसल प्रतियोगिताको प्रथम पुरस्कार निलकण्ठ नगरपालिकाले हात पारेको छ । यही फागुन ५ गते शनिबारदेखी शोमबार ३ दिनसम्म धादिङको सदरमुकाम धादिङवेशीमा आयोजित अन्तरपालिका स्तरीय जिल्ला (फुटसल ) शोमबार सम्पन्न भएको हो । 

तिन दिनसम्म संन्चालित अन्तरपालिका जिल्ला स्तरीय धादिङको फाईनल खेलमा निलकण्ठ नगरपालिकाले नगद पुरस्कार रु,१ लाख सहित प्रथम उपाधी जित्न सफल भएको छ । निलकण्ठ नगरपालिकाको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खेलमा १८ गोल हानेर उत्कृष्ट स्कोर खेलाडीको रुपमा यसै पालिकाकै जीवन परियार सफल भएका हुन् । 

गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यमा सम्मन्न प्रतियोगिताको समापन समारोहमा संवोधन गर्नु हुदै अध्यक्ष लामाले यस किसिमको खेलले आगामी दिनमा खेलाडी र खेल जगतमा अझै फड्को मार्दै सफल हुँदै अघि बढ्नु सहभागी खेलाडीहरु प्रगतिको (कामना गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस