आज:  | Tue, 30, Apr, 2024

समयमै पीडितले न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था बढ्छ : राष्ट्रपति पौडेल

९ फाल्गुन २०८०, बुधबार १९:१३ मा प्रकाशित ( २ महिना अघि) १९९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ फाुन।

राष्ट्रपति रामचन्द्र पौडेलले समयमै पीडितले न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था बढ्ने बताउनु भएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यो कुरा राख्नु भएको हो ।

उहाँले जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस् भन्दै न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकहरूको समेत पहुँचमा हुनुपर्ने बताउनु भयो ।

‘यस्तै न्याय छिटोछरितो,पीडितमैत्री भएमा न्यायालयको स्वतन्त्रता, अखण्डता र सक्षमता कायम रही रहनेछ भन्ने विश्वास लिएको छु, ’उहाँले भन्नु भयो । न्याय क्षेत्र सुधारका नीति, योजना, प्रतिवेदनलाई पूर्वरूपमा कार्यान्वयनमा लैजान सकेमा कानूनी शासनको प्रत्याभूति हुने कुरा सुनिश्चित गर्न सहज हुने राष्ट्रपतिको भनाइ थियो ।

यस्तै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र गतिशील एवं न्यायको मर्मलाई दरिलो बनाई यसप्रतिको जन विश्वास थप मजबुत बनाउँदै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नु पर्नेमा राष्ट्रपति पौडेलले जोड थियो ।

‘मुद्दाको चाप र मुद्दा फछ्योटको हालको अवस्था नै सर्वोच्च अदालतको गहन चुनौती र यसको सहज अवतरणको खोजी गर्नु हो भन्ने मलाई लाग्छ । जसको निराकरणका लागि कानूनमा आवश्यक सुधार गर्नुपर्ने देख्दछु, राष्ट्रपति पौडेलको भनाइ रहेको थियो ।

तस्वीर अनलाई साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस