आज:  | Sat, 27, Apr, 2024

एकीकृत समाजवादी पार्टीबाट नेता तथा कार्यकर्ताहरु सहित धमाधम एमालेमा प्रवेश गर्दै

१५ फाल्गुन २०८०, मंगलवार १९:२६ मा प्रकाशित ( १ महिना अघि) ३०१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १५ फागुन ।

पछिल्लो समयमा एकीकृत समाजवादी पार्टीबाट नेता तथा कार्यकर्ताहरु सहित धमाधम एमालेमा प्रवेश गर्ने क्रम बढेको छ । नेता केपी शर्मा वली र नेता माधव कुमार नेपालका बिचमा बिवाद सिर्जना भएपछी कुनैबेला नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरी गत निर्बाचनमा होमिएको एकीकृत समाजवादी पार्टीबाट पछिल्लो समयमा फेरी नेता तथा कार्यकर्ताहरु सहित धमाधम एमाले तिरै प्रवेश गर्न थालिएको छ ।

जस अनुसार नवलपुर जिल्लाका अध्यक्ष झबिलाल राना सहितका नेताहरु मंगलबार एमालेमा प्रवेश गरेका छन् ।उक्त जिल्लाका नेकपा एसका जिल्ला अध्यक्ष राना सहित प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटी उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित कार्यकर्ताहरु एमालेतिरै फर्केका हुन् ।

यसैगरी नेकपा एमाले तिरै फर्कनेहरु सोही जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका उनीहरूलाई एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले स्वागत गरेका छन् । यस्तै नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटा पनि एमाले प्रवेश गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%२%

प्रतिक्रिया दिनुहोस